काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रौनकलाई थप विशेष बनाउने उद्देश्यले एक्स्ट्रीम इनर्जी ड्रिंकले सात वटा टोलीको लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ। क्रिकेटप्रेमीहरूलाई टिमको जर्सी लगाउने, झन्डा फहराउने र मैदानमा हुटिङ गर्ने परम्परागत शैलीभन्दा फरक तरिकाले समर्थन जनाउने अवसर प्रदान गर्न यो पहल गरिएको हो।

एनपीएल सिजन ३ मा एक्स्ट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रूपमा साझेदारी गरेको छ। त्यसैगरी पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी रहेको छ। कम्पनीले क्रिकेटको उत्साहलाई मैदानमा मात्र सीमित नराखी समर्थकहरूको हातहातसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

ADVERTISEMENT Nepal Aaja Register

विशेष क्यानको माध्यमबाट कम्पनीले युवा पुस्ताको रुचि र क्रिकेटप्रतिको क्रेजलाई जोड्दै खेलको उत्साहलाई खेलमैदान र दर्शकदीर्घाबाट बजार तथा खेलप्रेमीहरूको जमघटसम्म विस्तार गर्ने अपेक्षा राखेको छ। प्रायोजन गरिएका सातवटै टोलीका लोगो समेटिएका क्यानमार्फत समर्थकहरूले आफ्नो मनपर्ने टोलीको पहिचानलाई आफूसँगै बोक्न सक्नेछन्।

एनपीएलका सात टोलीप्रति समर्पित एक्स्ट्रीम इनर्जी ड्रिंकका यी विशेष क्यानहरू उपभोक्ताहरूले नजिकैका पसल तथा बिक्री केन्द्रहरूबाट खरिद गर्न सक्नेछन्। मैदानमा प्रतिस्पर्धा गरिरहेका टोलीहरूसँगै मैदानबाहिर रहेका समर्थकहरूको उत्साह र आपसी सम्बन्धलाई यस पहलले थप मजबुत बनाउने विश्वास लिइएको छ।