ADVERTISEMENT Nepal Aaja Register
Nepal Aaja
03 Jul, 2026, Friday
पार्टनर स्टोरी Promoted Content

गैर-आइटी पृष्ठभूमिका लागि सुनौलो मौका: १ वर्षमै मान्यता प्राप्त आइटी डिग्री, अफिसपछि बेलुकै क्लास!

Staff Reporter Staff Reporter
| 2026 June 14, 09:10 AM
गैर-आइटी पृष्ठभूमिका लागि सुनौलो मौका: १ वर्षमै मान्यता प्राप्त आइटी डिग्री, अफिसपछि बेलुकै क्लास!

Sponsored Offer

नेपाल आज छात्रवृत्तिका लागि आवेदन दिनुहोस्

यस विज्ञापनमा इच्छुक हुनुहुन्छ?

आजको डिजिटल युगमा हरेक क्षेत्र प्रविधिसँग जोडिएको छ। यस्तो अवस्थामा धेरै स्नातक र पेशाकर्मीहरूको मनमा एउटा साझा प्रश्न उठ्ने गर्छ: "मेरो आइटी पृष्ठभूमि छैन, तर प्रविधि सिक्ने इच्छा छ। के म कहिल्यै प्रविधिमा दक्ष हुन सक्दिन?" यो द्विविधा र 'आइटी पढ्न गाह्रो हुन्छ' भन्ने डरले धेरै सम्भावना बोकेका युवाहरूलाई डिजिटल अवसरहरूबाट वञ्चित गरिरहेको छ। तर, वास्तविकता के हो भने, अब प्रविधिको ज्ञान वैकल्पिक रहेन, यो अनिवार्य बनिसकेको छ। यदि तपाईं गैर-आइटी पृष्ठभूमिको हुनुहुन्छ भने पनि चिन्ता लिनुपर्दैन। प्रविधिको औपचारिक अध्ययन नगर्दा तपाईंको करिअर र व्यवसायका सुनौला अवसरहरू अरूले नै प्राप्त गर्न सक्छन्। यसै चुनौतीलाई अवसरमा बदल्न कान्तिपुर सिटी कलेजले एक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ।

डिजिटल भविष्यको नयाँ सुरुवात: पिजिडिसिआइटी (PGDCAIT)

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (KCC) ले सञ्चालन गरेको 'पोस्ट ग्र्याजुएट डिप्लोमा इन कम्प्युटर एप्लिकेसन – आइटी' (PGDCAIT) कार्यक्रम गैर-आइटी पृष्ठभूमिका विद्यार्थी तथा पेशाकर्मीहरूका लागि प्रविधिको संसारमा प्रवेश गर्ने उत्कृष्ट माध्यम हो। एक वर्ष अवधिको यस स्नातकोत्तर डिप्लोमा कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधिको आधारभूतदेखि व्यावहारिक ज्ञानसम्म प्रदान गर्छ।

यस पाठ्यक्रम अन्तर्गत विद्यार्थीले कम्प्युटर प्रोग्रामिङ, वेब टेक्नोलोजी, डाटाबेस सिस्टम, नेटवर्किङ र सिस्टम एनालाइसिस जस्ता महत्वपूर्ण विषयहरू सिक्नेछन्। विशेषगरी आइटी नपढेका तर यस क्षेत्रमा करिअर बनाउन चाहनेहरूका लागि डिजाइन गरिएको यो कार्यक्रमले प्रविधिको डरलाई हटाएर भविष्य निर्माणको बलियो आधार तयार पार्छ।

तपाईंका सपना र डिजिटल सीपको तालमेल

चाहे तपाईं मानविकी, व्यवस्थापन, शिक्षा वा अन्य कुनै पनि संकायबाट स्नातक उत्तीर्ण हुनुभएको किन नहोस्, तपाईंको शैक्षिक योग्यतालाई पूर्णता दिन आइटीको ज्ञान आवश्यक छ। राम्रो र प्रतिष्ठित संस्थामा जागिर खाने, विदेशमा उच्च शिक्षा अध्ययनको तयारी गर्ने, आफ्नै परम्परागत व्यवसायलाई डिजिटल रूपान्तरण गर्ने वा नियमित जागिरभन्दा अलग रहेर 'फ्रील्यान्सिङ' मार्फत मनग्य आम्दानी गर्ने तपाईंका सपनाहरू हुन सक्छन्। यी सबै लक्ष्यमा पुग्ने भरपर्दो बाटो पिजिडिसिए हो। यसले तपाईंलाई आवश्यक सीप, आत्मविश्वास र डिजिटल सोच प्रदान गर्छ, जसले करिअरमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उत्कृष्ट सिकाइ वातावरण र साँझको कक्षा

"मबाट प्रविधि सम्भव छैन" भन्ने सोचलाई चिर्दै केसिसीले विद्यार्थीहरूलाई हात समाएर सिकाउने वातावरण तयार गरेको छ। यहाँ विद्यार्थीले अनुभवी इन्डस्ट्री प्रोफेसनलहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र वास्तविक परियोजनाहरूमा सहभागी भएर सिक्ने अवसर पाउँछन्। अध्ययनका क्रममा आयोजना हुने सेमिनार, वर्कसप र प्रस्तुतीकरणहरूले विद्यार्थीको सार्वजनिक बोल्ने क्षमता र आत्मविश्वास बढाउँछन्। राज्यबाट मान्यता प्राप्त पूर्वाञ्चल विश्वविद्यालयको यो डिग्रीले तपाईंको शैक्षिक योग्यता मात्र बढाउँदैन, भविष्यलाई सुरक्षित पनि गर्छ।

यसका साथै, काममा व्यस्त पेशाकर्मीहरूका लागि केसिसीले साँझको समयमा कक्षाहरू सञ्चालन गर्दै आएको छ। अब अफिसको काम सकेर बेलुकाको समयमा सहजै आइटी डिग्री हासिल गर्न सकिन्छ। जागिर र अध्ययनलाई सँगसँगै अगाडि बढाउन चाहनेहरूका लागि यो निकै ठूलो अवसर हो।

Sponsored Offer

नेपाल आज छात्रवृत्तिका लागि आवेदन दिनुहोस्

यस विज्ञापनमा इच्छुक हुनुहुन्छ?

भर्ना प्रक्रिया र योग्यता

पिजिडिसिए कार्यक्रममा भर्नाका लागि आवेदन खुला भएको छ। यदि तपाईंले कुनै पनि संकायमा स्नातक (Bachelors) तहमा कम्तीमा ४० प्रतिशत अंक ल्याएर उत्तीर्ण गर्नुभएको छ भने, तपाईं यस डिग्रीका लागि योग्य हुनुहुन्छ। अब दर्शक मात्र बनेर बस्ने कि प्रविधिको यात्रामा अग्रस्थान ओगट्ने, निर्णय तपाईंको हातमा छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।

नेपाल आज छात्रवृत्तिका लागि आवेदन दिनुहोस्

यदि तपाईं यस पाठ्यक्रम अध्ययन गर्न साँच्चिकै इच्छुक हुनुहुन्छ भने, नेपाल आजको नियमित पाठक तथा दर्शकका रूपमा तपाईंले आंशिक छात्रवृत्ति प्राप्त गर्न सक्नुहुनेछ। यस अवसरको फाइदा उठाउनका लागि नेपाल आज छात्रवृत्ति फारम भर्नुहोस् वा कान्तिपुर सिटी कलेजको परामर्श कक्षमा सम्पर्क गरी आफ्नो छात्रवृत्ति दाबी गर्नुहोस्।


सम्पर्क विवरण:

फोन नम्बर: +९७७ ९८५-११६७२१३

कलेज: कान्तिपुर सिटी कलेज (KCC), काठमाडौं

विश्वविद्यालय: पूर्वाञ्चल विश्वविद्यालय

Sponsored Offer

नेपाल आज छात्रवृत्तिका लागि आवेदन दिनुहोस्

यस विज्ञापनमा इच्छुक हुनुहुन्छ?

पार्टनर स्टोरी