Nepal Aaja
07 Feb, 2026, Saturday
मनोरञ्जन

निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ अब युट्युबमार्फत सार्वजनिक हुने

हल प्रदर्शनपछि फिल्म डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने तयारी

Staff Reporter
Staff Reporter | 2026 February 03, 07:01 PM
सारांश AI
• फिल्म ‘दिमाग खराब’ अब युट्युबमार्फत सार्वजनिक हुने भएको छ।
• निर्देशन तथा अभिनय निश्चल बस्नेतको रहेको यो फिल्म हलपछि डिजिटल प्लेटफर्ममा आएको हो।
• दर्शकले अब फिल्म घरमै बसेर हेर्न सक्नेछन्।

निर्देशक तथा अभिनेता निश्चल बस्नेतको फिल्म ‘दिमाग खराब’ अब युट्युबमार्फत सार्वजनिक हुने भएको छ। यसअघि सिनेमा हलमा प्रदर्शन भइसकेको उक्त फिल्मलाई डिजिटल प्लेटफर्ममा ल्याउने निर्णय गरिएको हो।

बस्नेतले आफ्नो निर्देशन तथा अभिनय रहेको फिल्म आउँदो शुक्रबार युट्युबमा रिलिज गर्ने जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत फिल्मको डिजिटल रिलिजबारे जानकारी गराएका हुन्।

युट्युब रिलिजसँगै ‘दिमाग खराब’ अब दर्शकले घरमै बसेर हेर्न सक्नेछन्। फिल्मलाई डिजिटल माध्यममार्फत थप दर्शकसम्म पुर्‍याउने उद्देश्यसहित यो कदम चालिएको बताइएको छ।

प्रतिक्रिया

0 टिप्पणीs

कृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।

पार्टनर स्टोरी

Related News

Trending News