नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) को अवसर पारेर नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विशेष 'एनपीएल अनलिमिटेड प्याकेज' सार्वजनिक गरेको छ। प्रतियोगिताको आधिकारिक टेलिकम पार्टनर समेत रहेको टेलिकमले खेलप्रेमी तथा आम प्रिपेड र पोष्टपेड प्रयोगकर्ताहरूलाई उच्च गतिको डेटा र सहज सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले यो योजना सञ्चालनमा ल्याएको हो।

यस प्याकेज अन्तर्गत ग्राहकहरूले रु. ५९९ मा ३० दिनको समयावधिसहित दैनिक ८ जीबी डेटा र कुल ३३३ मिनेट अल-नेट भ्वाइस कल प्राप्त गर्नेछन्। संस्थाका सह-प्रवक्ता प्रक्षेत थापा क्षेत्रीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार पोष्टपेड प्रयोगकर्ताहरूको हकमा यो शुल्क उनीहरूको नियमित मासिक रेन्टल चार्जमै समावेश गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीका अनुसार यो विशेष सेवा २०८३ कात्तिक १० गतेदेखि आगामी २०८३ मंसिर ५ गतेसम्म खरिदका लागि उपलब्ध रहनेछ। सेवाग्राहीले आफ्नो मोबाइलबाट १४१५९# डायल गरेर वा टेलिकमको आधिकारिक मोबाइल एपमार्फत सजिलै प्याकेज सुचारु गर्न सक्नेछन्।

नेपाली खेलकुद क्षेत्रको सम्वर्द्धन र विस्तारमा निरन्तर योगदान पुर्‍याउँदै आएको नेपाल टेलिकमले यस प्रकारका योजनामार्फत राष्ट्रिय खेलकुद गतिविधि र उपभोक्ता बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छ।