Nepal Aaja
07 Feb, 2026, Saturday
राजनीति

बारा–४ मा राष्ट्रिय एकता दलको संगठन विस्तार, प्रसौनी–५ मा प्रचार समिति गठन

स्थानीय सहभागितासँगै चुनावी अभियानलाई तीव्रता दिने तयारी

Staff Reporter
Staff Reporter | 2026 February 04, 06:47 PM
सारांश AI
• बारा–४ मा राष्ट्रिय एकता दलको संगठनात्मक गतिविधि विस्तार हुँदै गएको छ।
• प्रसौनी–५ मा प्रचार–प्रसार समिति गठन गरी वडास्तरीय अभियान तीव्र पारिएको छ।
• दलका अनुसार यसले स्थानीय स्तरमा बढ्दो राजनीतिक सक्रियता देखाउँछ।

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय एकता दलप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको छ। हिन्दू राष्ट्रको पुनःस्थापनाको एजेन्डासहित राष्ट्रिय एकता दलबाट उम्मेदवारी दिएका नेता विनय यादवप्रति स्थानीय जनताको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ।

यसैक्रममा प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा राष्ट्रिय एकता दलको प्रचार–प्रसार समिति गठन गरिएको छ। स्थानीय अगुवा, युवाहरू तथा सर्वसाधारणको उपस्थितिमा सम्पन्न कार्यक्रममा विनय यादवले हिन्दू राष्ट्र, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको संरक्षणका विषयमा आफ्ना धारणा राख्नुभयो।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय एकता दलको नीति, सिद्धान्त र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा तुलसी चिन्हमा मतदान गरी विनय यादवलाई विजयी गराउने प्रतिबद्धता जनाएका थिए। प्रचार–प्रसार समिति गठनसँगै वडामा घरदैलो अभियान, जनसम्पर्क तथा संगठन विस्तारलाई तीव्रता दिने निर्णयसमेत गरिएको छ।

स्थानीय स्तरमा बढ्दो समर्थन र संगठन विस्तारले बारा ४ मा राष्ट्रिय एकता दलको चुनावी अभियान थप सशक्त बन्दै गएको देखिन्छ।

प्रतिक्रिया

0 टिप्पणीs

कृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।

पार्टनर स्टोरी

Related News

Trending News