नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्सट्रीम इनर्जी ड्रिंकले अक्टोबर १० देखि काठमाडौंमा ‘एक्सट्रीम म्युजिक सिरिज’ को औपचारिक सुरुवात गरेको छ। यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोताहरूमाझ फरक साङ्गीतिक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

एक्सट्रीम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्सले र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन्। योजनाअनुसार प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ, जुन एक्सट्रीम म्युजिक सिरिजको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ।

ADVERTISEMENT Max Tiger INLINE

यस पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना कलाकारहरू सहभागी हुनेछन्। प्रत्येक कलाकारले आफ्नो छुट्टै सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत यस सिरिजलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

परम्परागत शैलीभन्दा फरक रहेर नयाँ सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो। नेपाली सङ्गीत क्षेत्रका प्रतिभाहरूलाई उजागर गर्दै यो प्रयासले स्थानीय सङ्गीत संस्कृति र कलाको दीर्घकालीन संवर्द्धनमा योगदान पुर्‍याउने देखिन्छ।