काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच पछिल्लो समय देखिएको 'अदृश्य खटपट' को यथार्थ कारण अन्ततः पत्ता लागेको छ। उच्च राजनीतिक स्रोतका अनुसार, सभापति रवि आफ्ना बहुचर्चित पात्रहरू आसिका तामाङ र टीका सङ्ग्रौला (ज्वाला) लाई तत्काल मन्त्रिमण्डलमा सामेल गराउन चाहन्छन्, तर प्रधानमन्त्री बालेनले सुरुमा यसमा सहमति दिएका थिएनन्।

यद्यपि, दुवै शीर्ष नेताहरूमा 'देश बनाउने' अदम्य हुटहुटी र भाइरल क्रान्तिको समान अभिलाषा रहेकाले यो राजनीतिक गतिरोध अन्त्य गर्न एक नवीन जुक्ति निकालिएको छ। जसअनुसार अब कम्तीमा दुई वटा मन्त्रालय फुटाएर वा थपेर आसिका तामाङलाई 'सामाजिक सञ्जाल तथा भाइरल मन्त्रालय' र टीका सङ्ग्रौला (ज्वाला) लाई 'अनुगमन तथा प्रोपोगाण्डा मन्त्रालय' को बागडोर सम्हाल्ने परम-शक्तिशाली मन्त्रीका रूपमा पदस्थापित गरिन लागिएको छ।

ADVERTISEMENT Xtreme - Inside

जनमानसले आसिकाले सार्वजनिक स्थानमा मुत्रविसर्जन गरेको भिडियो प्रकरण र ज्वालाले फेसबुकमा तहल्का मच्चाएका अघिल्ला घटनाहरू अझै बिर्सिएका त छैनन्; तर राज्य सञ्चालनका लागि यो नै सर्वोत्कृष्ट विकल्प मानिएको छ। आसन्न गाईजात्रा पर्वको पूर्वसन्ध्यामा सबैका लागि व्यङ्ग्यको राम्रो मसला तयार भएको छ। अब अरू कस-कसलाई मन्त्री बनाउँदा उपयुक्त होला, आम नागरिकले अविलम्ब 'हेलो सरकार' मा फोन गरेर आफ्नो अमूल्य सुझाव दिन सक्नुहुनेछ।

जय बालेन! जय रवि! जय घण्टी!