काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सैनिक अस्पताल (छाउनी) को स्वास्थ्य प्रतिवेदन अनुसार कालो चस्मा लगाएर नै संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने भएका छन्। प्रधानमन्त्री बनेपछि पहिलोपटक नियमानुसार संसद्को प्रश्नोत्तरमा उत्रिन लागेका बालेनको यो कालो चस्मा अवतारले नेपाली मूलका भारतीय गायक उदित नारायण झाले गाएको चर्चित गीत "कालो चष्मा लाउहै मैयाँ विशाल बजारको, डर लाग्छ बरु मलाई लोभी नजरको..." को झझल्को दिलाएको छ। कलाप्रेमी जनताले कालो चस्मा लगाउने बाध्यता र संसद् सामना गर्दाको अघिल्लो डर तथा सङ्कोचलाई यही गीतको भावसँग जोडेर स्मरण गर्न थालेका छन्।

उक्त लोकप्रिय गीतको अंश र संवाद यस्तो छ:

केटा: कालो चष्मा लाउहै मैयाँ विशाल बजारको, नगर्नु है सुर्ता मैयाँ दुईचार हजारको

केटी: कालो चष्मा आँखैमा मेरो विशाल बजारको, डर लाग्छ बरु मलाई लोभी नजरको

केटा: ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर

ADVERTISEMENT Nepal Aaja Register

केटी: ए मायाँ कैले भक्तपुर ए मायाँ कैले ललितपुर

सुरुवाती दिनमा प्रधानमन्त्री शाहले संसद्को प्रश्नोत्तरमा खासै रुचि देखाएका थिएनन्। संसद् सुरु भएको र सरकार बनेको महिनौँ बितिसक्दा पनि सभामुख डोलप्रसाद (डीपी) अर्याल डराएर बसेकोमा लामो समयपछि डराई-डराई रुलिङ्ग गरेपछि मात्र यो अवस्था सिर्जना भएको हो। पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सभामुखले यस्तो कठोर कदम चालेको चर्चा भइरहँदा कालो चस्मा लगाउनु र संसद्को सामना गर्न डराउनुको प्रसङ्ग उदित नारायणको यो गीतसँग हुबहु मिलेको देखिन्छ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री शाहले साउन २२ गते छाउनीस्थित सैनिक अस्पतालमा आँखा परीक्षण गराउनुभएको थियो। परीक्षणका क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकाले कालो चस्मा लगाउनुपर्ने अस्पतालको रिपोर्ट साउन २६ गते नै संसद् सचिवालयमा बुझाइएको थियो। यसअघि सभामुख अर्यालले कालो चस्मा नलगाउन र लगाउनै परे अनिवार्य रूपमा स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्न दलका सचेतकमार्फत निर्देशन दिनुभएको थियो। सोही नियम पालना गर्दै प्रधानमन्त्री सैनिक अस्पतालको रिपोर्टसहित आज संसद्मा प्रस्तुत हुन लाग्नुभएको हो।

मङ्गलबार स्थगित भई आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको मुख्य कार्यसूची छ। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार सभामुखले महिनाको पहिलो हप्ताको एक दिन पहिलो एक घण्टा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि निर्धारण गर्छन्। नियम ५८ अनुसार भदौ ५ गतेभित्र प्रश्न दर्ता गराएका ११ जना सांसदहरूले आज प्रधानमन्त्री शाहलाई प्रत्यक्ष प्रश्न सोध्नेछन् भने नियम ५७ बमोजिम यसको प्रत्यक्ष प्रसारण हुनेछ। यसका साथै आजको बैठकमा मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता पेस गर्ने तथा विभिन्न संसदीय समितिका बैठकहरू बस्ने कार्यसूचीसमेत रहेको छ।

साथै, प्रधानमन्त्रीले प्रयोग गर्नुहुने ब्रान्ड 'रे-ब्यान' (RayBan) का चस्माहरू न्यु रोडस्थित विशाल बजारमा पनि उपलब्ध छन्।