काठमाडौँ — विपद्का बेला सस्तो लोकप्रियता र सामाजिक सञ्जालमा प्रचारबाजी बटुल्ने होडबाजीमा युवा तथा जेन-जी (Gen-Z) नेताहरू कसरी राहत व्यवस्थापनलाई झनै गिजोलिरहेका छन् भन्ने पछिल्लो उदाहरण बनेकी छन् रक्षा बम।

सरकारले विपद् राहत तथा उद्धारका लागि पटक-पटक 'एकद्वार प्रणाली' लागू गरिएको र पूर्वतयारीबिना जथाभावी फिल्डमा नखटिन चेतावनी दिँदै आएको छ।

तर, सरकारी नीति र प्रशासनिक संयन्त्रलाई पूर्ण रूपमा बेवास्ता गर्दै रक्षा बमले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै साधन-स्रोतको याचना गरेकी छन्।

उनले आफ्नो स्टाटसमा लेखेकी छन्— "भोलि रसुवा राहत सामग्री लैजानका लागि हामीलाई तत्काल यस्तै गाडी वा डबल-क्याब ४-ह्विल ड्राइभ (4WD) को आवश्यकता परेको छ। यदि कसैले उपलब्ध गराउन वा मिलाउन मद्दत गर्न सक्नुहुन्छ भने कृपया सम्पर्क गर्नुहोला। सहयोग गर्न सक्नुहुन्छ भने यहाँ कमेन्ट गर्नुहोस्।"

राहत वितरणको नाममा राज्यको प्रणालीभन्दा बाहिर गएर 'स्टन्ट' गर्न खोज्दा कस्तो समस्या आउँछ भन्ने कुराको ख्यालै नगरी यसरी हतार-हतार गाडी माग्दै सामाजिक सञ्जालमा पोस्ट्याउने काम भएको छ।

यहाँ गम्भीर प्रश्न उठ्छ— जब सरकारले विपद्का बेला नियमन र सुरक्षाका लागि एकद्वार प्रणालीको कुरा गरिरहेको छ, तब नियम र प्रक्रियालाई लत्याएर आफैँ हिरो बन्न खोज्नु कत्तिको जायज हो?

ADVERTISEMENT Nepal Aaja Register

सरकारले वारम्बार एकद्वार प्रणालीभन्दा भन्दै पनि कुनै समन्वय र पूर्वतयारीबिना आफैँ हतार-हतार फिल्डमा जाने, बाटोमा फस्ने अनि पुनः सामाजिक सञ्जालमै गुहार माग्ने कामले राहत कार्यलाई सघाएको छ कि थप भद्रगोल बनाएको छ?

विपद् व्यवस्थापन गम्भीर र संवेदनशील विषय हो, जहाँ स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वय अपरिहार्य हुन्छ।

तर स्थानीय वस्तुस्थिति र सडकको अवस्था नबुझी गाडी माग्दै हिँड्ने र जोखिमपूर्ण क्षेत्रमा कुद्ने यस्ता अपरिपक्व कदमले उद्धार निकायको ध्यान र स्रोतसमेत मोड्ने काम गरिरहेको छ।

राज्यको नियम-कानुन र व्यवस्थालाई चुनौती दिँदै राहतको नाममा गाडी दौडाउने, अनि बीच बाटोमै अड्किएपछि गुहार माग्ने यो शैलीले प्रकोपलाई समाधान गर्नुको साटो थप गिजोल्ने काम मात्र गरेको छ।

नियम र पद्धतिको पालना गर्नुभन्दा सामाजिक सञ्जालका 'कमेन्ट' र 'लाइक' बाटै देशका विपद् व्यवस्थापन गर्न सकिन्छ भन्ने जेन-जी नेताहरूको यो बुझाइ वास्तविमै मान्नैपर्ने खालको छ!