नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूविरुद्ध भइरहेको असन्तुष्टिलाई सीधा चुनौती दिँदै विधानविपरीत अध्यक्ष हटाउने प्रयास असफल हुने दाबी गरेका छन्। इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चियाको भरमा नेतृत्व बदल्ने सपना नदेख्न विपक्षीहरूलाई चेतावनी दिए।

कार्यालयको क्यान्टीनमा बसेर गफ लडाउँदैमा र हस्ताक्षर अभियान चलाउँदैमा अध्यक्ष पदबाट हटाउन नसकिने ओलीको तर्क छ। उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पार्टी सदस्यतामाथि नै प्रश्न उठाउँदै महाधिवेशनको जनादेशलाई स्वीकार गर्न आग्रह गरे।

ADVERTISEMENT Xtreme - Inside

विरोधी शक्तिहरूले पार्टीमाथि निरन्तर प्रहार गरिरहेको अवस्थामा आन्तरिक एकता कायम राख्नुको सट्टा गुटबन्दीमा लाग्नु अनुशासनहीनता भएको ओलीले बताए। उनले विधान र प्रक्रियाबाहिर गएर गरिने जुनसुकै प्रयासको पार्टीले सशक्त प्रतिवाद गर्ने स्पष्ट पारे।

अध्यक्ष ओलीले हस्ताक्षर अभियानको कुनै औचित्य र राजनीतिक दम नरहेको दाबी गर्दै महाधिवेशनको मर्मअनुसार अघि बढ्न नेता-कार्यकर्ताहरूलाई निर्देशन दिए।