उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अब सडकबाटै सक्रिय राजनीतिक भूमिका निर्वाह गर्ने दिशामा अघि बढ्ने बताएका छन्।

काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले जनताको आवाज सडकमार्फत उठाउँदै देशलाई समृद्धिको मार्गमा अघि बढाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार राष्ट्रियता, विभेद र विकाससँग सम्बन्धित विषयहरूमा पार्टीले निरन्तर खवरदारी गर्नेछ भने राम्रो कार्यको समर्थन र कमजोरीको आलोचना गर्ने नीति अपनाइनेछ।

ADVERTISEMENT Nepal Aaja Register

पार्टीले देशभर संगठन विस्तारका लागि प्रदेशदेखि वडासम्म भेला आयोजना गर्ने योजना पनि सार्वजनिक गरिएको छ। घिसिङले पार्टी अब घरदैलोमा पुगेर जनआधार सुदृढ बनाउने बताए।

प्रतिनिधि सभा निर्वाचनमा समय अभावका कारण अपेक्षित नतिजा नआएको स्वीकार्दै उहाँले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने विश्वास व्यक्त गर्नुभयो।

उज्यालो नेपाल पार्टीको यो रणनीतिले आगामी दिनमा जनआधारित राजनीतिक सक्रियता थप सशक्त हुने संकेत दिएको छ।