काठमाडौंमा नेपालमै निर्माण गरिएको विद्युतीय स्कुटर सिप्रदी यात्री पी–२ आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। उत्पादनकर्ता कम्पनी यात्रीले पी–२ लाई तीन विभिन्न भेरियन्टमा बजारमा उपलब्ध गराएको छ।
पी–२ को टप भेरियन्टमा ५.२ किलोवाट–घण्टा (kWh) क्षमताको ब्याट्री राखिएको छ, जसले एकपटकको पूर्ण चार्जमा २०७ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ। त्यसैगरी, मिड भेरियन्टमा ३.२ kWh ब्याट्रीसहित १६२ किलोमिटर र लो भेरियन्टमा ३.० kWh ब्याट्रीसहित १४० किलोमिटर रेन्ज उपलब्ध गराइएको छ।
यस स्कुटरको अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ। १,३५० वाटको सामान्य चार्जर प्रयोग गर्दा ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २.५ घण्टा लाग्नेछ भने ३,३०० वाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा २० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन ४१ मिनेट लाग्ने जनाइएको छ।
स्कुटर प्रयोगकर्ताहरूको सहजताका लागि नेपालका ३५ शहरहरूमा चार्जिङ स्टेसनको व्यवस्था गरिएको छ। स्वदेशमै निर्मित पी–२ मोडलमार्फत कम्पनीले उच्च रेन्ज, द्रुत चार्जिङ र विविध ब्याट्री क्षमताका विकल्पसहित विद्युतीय सवारी बजारमा आफ्नो पहुँचलाई थप विस्तार गर्ने लक्ष्य लिएको छ।