काठमाडौंको खुद्रा खाद्य बजारमा नयाँ विस्तार गर्दै यसोदा फुड्सले ‘करेन्ट मार्ट’को दोस्रो शाखा बानेश्वरस्थित कात्यायनी चोकमा सञ्चालनमा ल्याएको छ।
माघ १८ गते आइतबारदेखि सञ्चालनमा आएको यो आउटलेट भैरहवामा रहेको पहिलो करेन्ट मार्टले प्राप्त गरेको उल्लेखनीय उपभोक्ता प्रतिक्रिया र बढ्दो मागलाई आधार बनाएर विस्तार गरिएको कम्पनीले जनाएको छ।
नयाँ शाखाको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको हो। उद्घाटनपछि घिमिरेले करेन्ट मार्टको अवधारणा र उद्देश्यबारे सञ्चारकर्मीहरूलाई जानकारी गराउनुभएको थियो।

उद्घाटन समारोहमा एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसालको उपस्थिति रहेको थियो भने ग्राहक तथा शुभेच्छुकहरूको समेत उल्लेख्य सहभागिता देखिएको थियो।
करेन्ट मार्टमार्फत उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका सामानहरू एकै स्थानबाट खरिद गर्न सक्नेछन्। यसमा करेन्ट ब्रान्डका चाउचाउ, विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, करेन्ट गोल्ड मसाला चिया, सिटिसी चिया तथा जिरा, धनियाँ र रातो खुर्सानी पाउडरजस्ता मसला समावेश छन्।
कार्यक्रममा बोल्दै कम्पनीका चेयरम्यान चुन्न प्रसाद पौडेलले भैरहवाका उपभोक्ताबाट प्राप्त विश्वासकै कारण राजधानीमा सेवा विस्तार सम्भव भएको बताउनुभयो।
यसअघि अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ सञ्चालन गर्दै आएको कम्पनीले नयाँ मार्ट अवधारणाले प्याकेज्ड फुड खरिदलाई थप सहज बनाउने विश्वास लिएको छ।
सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स हाल नेपालभरि तथा २२ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याइरहेको छ।
यस विज्ञापनमा इच्छुक हुनुहुन्छ?
के तपाईं लिंकमा जारी राख्न चाहनुहुन्छ वा थप विवरणको लागि आफ्नो जानकारी प्रदान गर्न चाहनुहुन्छ?
कृपया तपाईंको विवरण दिनुहोस्
अगाडि बढ्न विवरण भर्नुहोस्
प्रतिक्रिया
0 टिप्पणीsकृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।