म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैँ धमाका २०२६’ अभियानका विजेताहरूले पुरस्कार बुझ्न थालेका छन्। काठमाडौँ र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना भाग्यशाली विजेतालाई तीन वटा मोटरसाइकल र एउटा स्कुटर हस्तान्तरण गरिएको छ।

काठमाडौँको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित कार्यक्रममा काठमाडौँका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल हस्तान्तरण गरियो। इनर्जी ड्रिङ्कको क्यान खरिद गर्दा यति ठूलो पुरस्कार जित्न सकिएला भनेर कल्पनासमेत नगरेको भन्दै दुवै विजेताले खुसी व्यक्त गरे।

त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा सञ्चालित एक्सट्रिम फ्यानजोनमा धरानका अनोज कुमार अधिकारीलाई स्कुटर र विराटनगरका विनोद पोखरेललाई मोटरसाइकल हस्तान्तरण गरिएको छ। विजेता पोखरेलले सामान्य रूपमा खरिद गरेको ड्रिङ्कबाट मोटरसाइकल प्राप्त हुनु आफ्नो लागि विशेष उपलब्धि भएको बताए।

म्याक्स टाइगरको यस अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्। कम्पनीका अनुसार अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र बम्पर पुरस्कार स्वरूप एउटा प्रोटोन कार जित्न बाँकी रहेको छ। आगामी दिनहरूमा पनि एनपीएल प्रत्यक्ष प्रसारणस्थलबाट पुरस्कार हस्तान्तरण कार्यलाई निरन्तरता दिइनेछ।