नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको मधेस प्रदेश महिलातर्फको सदस्य पदमा मेघा शाही विजयी भएकी छन्। स्थापित जनप्रतिनिधिलाई पराजित गर्दै प्राप्त शाहीको यो जितले पार्टी प्रतिनिधिहरूमा युवा नेतृत्व र 'नेपाली कांग्रेस २.०' को अवधारणाप्रति उच्च आकर्षण रहेको पुष्टि गरेको छ।

प्राप्त अन्तिम मतपरिणाम अनुसार शाहीले सर्वाधिक २४६७ मत (३५.७%) प्राप्त गरी जित हासिल गरिन्। उनकी निकटतम प्रतिस्पर्धी सुरुंगा नगरपालिकाकी बहालवाला प्रमुख गीता चौधरीले २०५३ मत (२९.७%) ल्याइन्। शाहीले नगर प्रमुख चौधरीलाई ४१४ मतान्तरले पराजित गरेकी हुन्। यसैगरी चुनावी प्रतिस्पर्धामा लक्ष्मी बराल १२४१ मत (१८%) सहित तेस्रो र किरण सरकार ८९५ मत (१२.९%) सहित चौथो स्थानमा रहे।

ADVERTISEMENT Nepal Aaja Register

बहालवाला नगर प्रमुखमाथि युवा उम्मेदवारको यो जितले कांग्रेसको आन्तरिक राजनीतिमा पुस्तान्तरण र रूपान्तरणको स्पष्ट सन्देश दिएको छ। पार्टीको नयाँ सांगठनिक संरचना निर्माण भइरहँदा केन्द्रीय तहमा युवाहरूको बढ्दो प्रभावले आगामी दिनमा सांगठनिक गतिशीलता थप सुदृढ हुने अपेक्षा गरिएको छ।