श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जीबी राईको भनिएको अडियो प्रायोजित हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनले उक्त अडियो सार्वजनिक हुनुको समय र नियतमाथि गम्भीर प्रश्न उठाएका छन्।

साम्पाङका अनुसार यो अडियो खगेन्द्र सुनारको अडियो प्रकरणबाट सर्वसाधारणको ध्यान अन्यत्र मोड्ने बहाना मात्र हुन सक्छ। उनले आफ्नो धारणा राख्दै भनेका छन्, 'जीबी राईको अडियो प्रायोजित हुन सक्छ! खगेन्द्र सुनारको अडियो विषायन्तर गर्ने बहना!'

ADVERTISEMENT Max Tiger INLINE

अडियोको उद्देश्य र समयसन्दर्भबारे टिप्पणी गर्दै उनले यो कदम अन्य मुख्य मुद्दाहरूबाट ध्यान पन्छाउने रणनीतिक प्रयास हुन सक्ने संकेत गरेका छन्।

सामाजिक सञ्जालमा यी दुवै अडियोलाई लिएर सर्वसाधारण तथा राजनीतिक वृत्तमा बहस चुलिँदै जाँदा यसले आगामी दिनमा पार्ने प्रभावप्रति चासो बढेको छ।