काठमाडौं। म्याक्स टाइगर इनर्जी ड्रिंकको 'एनर्जाइज्ड दशैं धमाका २०२६' अभियानअन्तर्गत थप दुई जना भाग्यशाली उपभोक्ताले स्कुटर र मोटरसाइकल प्राप्त गरेका छन्। यससँगै अभियानमार्फत सवारी साधन जित्ने उपभोक्ताको संख्या पाँच पुगेको छ।

पछिल्लो नतिजाअनुसार बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल प्राप्त गरेका छन्। सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकबाट प्राप्त उपहारले दुवै विजेताको दशैं उत्सवलाई थप रोमाञ्चक बनाएको छ।

यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितिसकेका छन्। पछिल्ला दुई विजेता थपिएसँगै हालसम्म तीन जनाले मोटरसाइकल र दुई जनाले स्कुटर प्राप्त गरिसकेका छन्।

ADVERTISEMENT Max Tiger INLINE

कम्पनीका अनुसार यो सम्पूर्ण अभियानअन्तर्गत कुल १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल, १८ वटा यामाहा रे जेडआर स्कुटर र बम्पर पुरस्कारका रूपमा एक थान प्रोटोन कार वितरण गरिने योजना रहेको छ।

हालसम्म पाँच जना विजेताको घोषणा भइसकेको भए तापनि अझै ३१ वटा दुईपांग्रे सवारी साधन र एक थान प्रोटोन कार जित्न बाँकी रहेको छ। यसले आगामी दिनमा बाँकी पुरस्कार कसको हातमा पर्ला भन्ने उत्सुकतालाई थप बढाएको छ।

देशका विभिन्न स्थानका उपभोक्तालाई दशैंको उत्साहसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले बजारमा सकारात्मक प्रभाव पारेको छ। आगामी दिनमा बम्पर पुरस्कार प्रोटोन कारको घोषणाले अभियानलाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।