काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै बजारमा पाँच नयाँ फ्लेभर सार्वजनिक गरेको छ। युवापुस्तामाझ लोकप्रिय मानिने यस ब्रान्डले एउटै छातामुनि उपभोक्तालाई थप विकल्प दिन नयाँ स्वादहरू भित्र्याएको हो।
कम्पनीका अनुसार नयाँ फ्लेभरहरूलाई स्वादसँगै आकर्षक नाम दिइएको छ। जसअन्तर्गत ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’ बजारमा ल्याइएको छ।
त्यसैगरी, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि उपलब्ध गराइएको छ।
कम्पनीले पाँचै वटा नयाँ स्वादका ड्रिंकहरूको बिक्री वितरण सुरु भइसकेको जनाएको छ। फरक स्वाद र विविध रोजाइको संयोजनले नयाँ उत्पादनलाई उपभोक्तामाझ थप रुचिकर बनाउने तथा भविष्यमा पनि ग्राहकको मागलाई सम्बोधन गर्दै जाने कम्पनीको लक्ष्य छ।