काठमाडौं । जाडो मौसमलाई थप उत्साहपूर्ण र रोमाञ्चक बनाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले आफ्ना उपभोक्ताका लागि विशेष ‘विन्टर अफर’ सार्वजनिक गरेको छ । बजारमा पाँच नयाँ स्वादका इनर्जी ड्रिंक उपलब्ध गराएको अवसरमा कम्पनीले आकर्षक उपहार जित्ने अवसरसहित यो योजना ल्याएको हो ।
यस अफरअन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंकका क्लासिकसहित पाँचवटै नयाँ स्वादका उत्पादन खरिद गर्ने उपभोक्तामध्ये छ जना भाग्यशाली विजेताले सुनको क्यान उपहार जित्ने अवसर पाउनेछन् ।
योजनामा सहभागी हुन उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ । क्यूआर कोड स्क्यान गरेपछि आफ्नो आवश्यक विवरण दर्ता गरी उपभोक्ताले स्वतः उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् ।
कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ । यसले उपभोक्तालाई एक्स्ट्रिमका विभिन्न स्वादको अनुभव लिनुका साथै आकर्षक उपहार जित्ने अवसरसमेत प्रदान गर्नेछ ।
नयाँ स्वादको आगमनसँगै सुरु गरिएको यस अभियानले युवा पुस्तामाझ एक्स्ट्रिम इनर्जी ड्रिंकको लोकप्रियता थप बढाउनुका साथै उपभोक्तासँगको सम्बन्ध अझ मजबुत बनाउने कम्पनीको विश्वास छ । उपभोक्ताको माया र विश्वासलाई विशेष उपहारमार्फत सम्मान गर्दै जाडो मौसमलाई थप रोमाञ्चक बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।