रसुवाको बाढी त्रासदीलाई जोडेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अनुहारमा कालो मोसो र गलामा जुत्ताको माला लगाएको नक्कली (Photoshop) तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।
'श्रम संस्कृति ओखलढुङ्गा' नामक फेसबुक पेज/ग्रुपमार्फत फैलाइएको यो भ्रमपूर्ण तस्बिर राजनीतिक असहमति वा आलोचना नभई 'डिजिटल गुण्डागर्दी' र घिनौना चरित्र हत्या हो।
मुख्य प्रश्न:
'श्रम संस्कृति' र परिवर्तनको नारा दिने राजनीतिक समूह वा समर्थकका नाममा यस्तो असभ्य र विकृत हर्कत कसले र कसको उक्साहटमा गरिरहेछ?
राजनीतिक विचारको प्रतिवाद गर्न छाडेर, नक्कली तस्बिर र घृणा फैलाएर समाजमा कस्तो संस्कार बसाउन खोजिँदैछ?
स्वस्थ आलोचना र चरित्र हत्याबीचको फरक बुझौँ। सामाजिक सञ्जालको दुरुपयोग गरी फैलाइने यस्ता भ्रम र अराजक हर्कतको पछाडि कुन टोली सक्रिय छ, छानबिन हुनैपर्छ!