मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित जुरिखेतमा काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको स्कर्पियो गाडी सडकबाट तल खसेर दुर्घटना हुँदा वीरगञ्ज उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्।

प्रहरीको प्रारम्भिक प्रतिवेदन अनुसार २०८३ साल भदौ २ गते बिहान ०७:३० बजेको समयमा बा.प्र.०२-०१-००२ झ ५१८३ नम्बरको स्कर्पियो गाडी हेटौँडा-कुलेखानी-काठमाडौँ सडक खण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खसेको थियो। उक्त गाडीमा उच्च अदालत वीरगञ्जका न्यायाधीश डाँगी, उहाँको परिवारका सदस्यहरू तथा सोही अदालतका रजिस्ट्रार तारादत्त बडू सवार हुनुहुन्थ्यो।

ADVERTISEMENT Max Tiger Dashain Ad

दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनालगत्तै घाइतेहरूको उद्धारका लागि बिहान ०८:२५ बजे नेपाली सेनाको हेलिकप्टर भीमफेदी पुगेर उद्धार कार्य अघि बढाएको छ।

घाइतेहरूलाई उपचारका लागि पठाइएको छ भने घटना सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।