काठमाडौं । पछिल्लो समय बजारमा ग्यास नपाइने गुनासो बढ्दै गएपछि नेपाल आयल निगमले आज काठमाडौं उपत्यकामा हुने नेपाल ग्यासको बिक्री–वितरण योजना सार्वजनिक गरेको छ। यसले उपभोक्तालाई सहज पहुँच सुनिश्चित गर्ने र आपूर्तिबारे स्पष्ट जानकारी दिने उद्देश्य राखेको निगमले जनाएको छ।
निगमका अनुसार आज उपत्यकाका ८४ तोकिएका स्थानबाट कुल ६ हजार ८७० सिलिन्डर नेपाल ग्यास वितरण हुनेछ। उपभोक्ताबीच अन्योल बढ्न नदिन दैनिक आपूर्तिको विवरण सार्वजनिक गरिएको निगमको भनाइ छ।
नेपाल आयल निगमले ग्यास आयातको परिमाण बढाइएको र हाल आपूर्तिमा समग्र अभाव नरहेको स्पष्ट पारेको छ। मागअनुसार आपूर्ति व्यवस्थापन भइरहेको पनि निगमले जनाएको छ।
नेपाल ग्यासले उपभोक्तालाई आफू नजिकको आधिकारिक डिलरमार्फत मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। काठमाडौं उपत्यकामा उपभोक्ताको संख्या धेरै रहेकाले अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न पनि कम्पनीले अनुरोध गरेको छ।



यस विज्ञापनमा इच्छुक हुनुहुन्छ?
के तपाईं लिंकमा जारी राख्न चाहनुहुन्छ वा थप विवरणको लागि आफ्नो जानकारी प्रदान गर्न चाहनुहुन्छ?
कृपया तपाईंको विवरण दिनुहोस्
अगाडि बढ्न विवरण भर्नुहोस्
प्रतिक्रिया
0 टिप्पणीsकृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।