ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक विशेष कार्यक्रमका बीच म्याक्स टाइगर इनर्जी ड्रिंकले आफ्नो नयाँ उपभोक्ता लक्षित 'दशैं धमाका २०८६' अभियानको औपचारिक घोषणा गरेको छ। नेपालीको महान् चाड दशैंको अवसरमा ल्याइएको यस योजनाअन्तर्गत कम्पनीले देशभरका उपभोक्ताका लागि विशेष पुरस्कारको व्यवस्था गरेको जनाएको छ।

कम्पनीका अनुसार यस अभियानअन्तर्गत कुल ३६ जना उपभोक्ताले दुईपाङ्ग्रे सवारीसाधन र एक जनाले बम्पर पुरस्कार जित्न सक्नेछन्। जसमध्ये १८ जनाले यामाहा एफ जेड एफ आई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन्। त्यस्तै, अभियानको बम्पर पुरस्कार स्वरूप एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन्।

देशभर वितरण गरिने विशेष पुरस्कारयुक्त क्यान खरिद गरी खोल्ने उपभोक्ता नै यस अभियानका विजेता बन्ने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले त्यस्ता पुरस्कारयुक्त क्यानहरू देशैभरिका बजारमा पुर्‍याउने गरी आवश्यक तयारी अघि बढाएको जनाएको छ।

चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै ग्राहकसँगको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको म्याक्स टाइगरले जनाएको छ। दशैंको किनमेल र उत्सवको माहोलमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै 'के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि' भन्ने उत्सुकता थपिने कम्पनीको भनाइ छ।

दशैंको किनमेल र भेटघाटका क्रममा ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिने लक्ष्यका साथ यो योजना ल्याइएको हो। चाडपर्वका समयमा उपभोक्तालाई थप रोमाञ्चक अनुभव प्रदान गर्दै ब्रान्डको उपस्थिति मजबुत बनाउने दिशामा यो कदम सहयोगी हुने अपेक्षा गरिएको छ।