नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित राष्ट्रिय महिला एग्द्यन् मोबाइल च्याम्पियनसिप २०२६ को अन्तिम प्रतिस्पर्धा आज काठमाडौँको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ऊर्जासँगै प्रतियोगिताको यो अन्तिम चरणमा महिला खेलाडीहरूको जोश र प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।

कुल २४ महिला टोलीको सहभागिताबाट सुरु भएको यस प्रतियोगितामा उत्कृष्ट १६ टोली अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्। आज हुने फाइनल खेलमा यी १६ टोलीबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको कुल पुरस्कार राशि एक हजार अमेरिकी डलर रहेको छ। महिला ई–स्पोट्र्सको विकास गर्न, नयाँ प्रतिभाको पहिचान गर्न र खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्न यो प्रतियोगिता आयोजना गरिएको हो।

म्याक्स टाइगरको पावरप्याक्ड एनर्जीले फाइनलको उत्साह र प्रतिस्पर्धात्मक माहोललाई अझ ऊर्जावान बनाउनेछ। यस प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा र सम्भावनालाई आगामी दिनमा थप उजागर गर्नेछ।