नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सामसुङ नेपालले आफ्नो चर्चित उपहार योजना 'स्मार्ट घर, स्मार्ट सुरुवात' पुन: ल्याएको छ। आगामी वैशाख १८ देखि जेठ ३१ (अप्रिल १ देखि मे १४, २०२६) सम्म चल्ने यस अभियानले अत्याधुनिक 'भिजन एआई' टिभी र 'बेस्पोक एआई' होम एप्लायन्सका माध्यमबाट नेपाली उपभोक्ताको जीवनशैली सहज बनाउने लक्ष्य राखेको छ। यस योजना अन्तर्गत ग्राहकले टिभी खरिदमा २५ प्रतिशत, वासिङ मेसिनमा २३ प्रतिशत र फ्रिजमा १७ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यस पटकको मुख्य आकर्षण भनेको २४ महिनासम्मको विस्तारित ईएमआई योजना हो। ५० हजार रुपैयाँभन्दा माथिका सामान खरिद गर्ने ग्राहकले ४० प्रतिशत डाउन-पेमेन्ट गरी यो सुविधा लिन सक्नेछन्, जसले मासिक किस्ताको भारलाई साविकको तुलनामा झण्डै आधा कम गर्नेछ। हुलास फिनसर्भसँगको सहकार्यमा उपलब्ध सामसुङ इन्स्टा फाइनान्स मार्फत १२ महिने ईएमआईमा शून्य प्रतिशत ब्याज र २४ महिने योजनामा ७.९९ प्रतिशत थप ब्याजमा सामान खरिद गर्न सकिनेछ।

सामसुङले छुटका साथै निश्चित सामानमा उपहारको पनि व्यवस्था गरेको छ। केही निश्चित टिभी मोडलको खरिदमा ३ हजार रुपैयाँ बराबरको १२ महिनाको नेटटीभी सब्स्क्रिप्सन निःशुल्क उपलब्ध गराइनेछ। त्यस्तै, वासिङ मेसिन खरिद गर्दा ६ केजीको सर्फ एक्सेल म्याटिक बाकस उपहार पाइनेछ। पुराना सामान साटेर नयाँ प्रविधि भित्र्याउन चाहनेले देशभरका आधिकारिक स्टोर वा अर्को स्टोर (ArkoStore) मार्फत एक्सचेन्ज सुविधा समेत लिन सक्नेछन्।

उपलब्ध टिभी अफरहरू:

सेगमेन्ट इन्च क्यासब्याक (सम्म) पक्का उपहार
QLED ५५” - ८५” २५% १२ महिनाको निःशुल्क नेटटीभी प्याकेज
UHD ४३” - ६५” १०% १२ महिनाको निःशुल्क नेटटीभी प्याकेज
FHD ४३” ७% ६ महिनाको निःशुल्क नेटटीभी प्याकेज
HD ३२” २१% ६ महिनाको निःशुल्क नेटटीभी प्याकेज

उपलब्ध वासिङ मेसिन अफरहरू:

सेगमेन्ट क्षमता क्यासब्याक (सम्म) पक्का उपहार
AI Ecobubble Washer Dryer ९ - ११ केजी २३% ६ केजी सर्फ एक्सेल म्याटिक
AI Ecobubble Front Load ९ - १२ केजी २०% ६ केजी सर्फ एक्सेल म्याटिक*
Fully Automatic Top Load ८ केजी १२% -
Semi Automatic Top Load ७ केजी १२% -
*मोडल WW90DG5U24AXIM मा लागू हुने छैन      

उपलब्ध रेफ्रिजरेटर अफरहरू:

सेगमेन्ट क्षमता क्यासब्याक (सम्म)
SBS ७०० लिटर ११%
5 in 1 ३५० - ४१९ लिटर १६%
Double Door २५३ - २७५ लिटर १७%
Single Door १९२ - २३० लिटर १५%