काठमाडौं। क्रिकेट मैदानमा ब्याटर बलको रोमाञ्च त छँदैछ, अब उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको हातमा चाँदीको बल समेत चम्किने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेटको उत्साहलाई थप उचाइ दिन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारमार्फत उत्कृष्ट खेलाडीलाई चाँदीको बल दिने भएको हो।

आठ टोली सहभागी एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। ती सात टोलीका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्रदान गरिनेछ। यस पुरस्कारको रोचक पक्ष के छ भने एक्स्ट्रिमले प्रायोजन गरेका दुई टोलीबीच प्रतिस्पर्धा हुँदा जित्ने टोलीका खेलाडी मात्रै होइन, दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडी चाँदीको बलबाट सम्मानित हुनेछन्।

ADVERTISEMENT Max Tiger INLINE

एनपीएलको पहिलो खेलबाटै चाँदीको बलले आफ्नो यात्रा सुरु गरिसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ अन्तर्गत चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना जगाउने एक्स्ट्रिमको यस पहलले एनपीएलको रोमाञ्च अझ बढाउने अपेक्षा गरिएको छ। साथै, नेपाली क्रिकेटप्रतिको बढ्दो आकर्षण र समर्थकको उत्साहमा थप ऊर्जा दिने विश्वास कम्पनीले व्यक्त गरेको छ। अब एनपीएलको मैदानमा प्रतिस्पर्धा जित्ने लक्ष्यसँगै उत्कृष्ट प्रदर्शनबाट चाँदीको बलमा आफ्नो नाम जोड्ने अवसर पनि खेलाडीकालागि अर्को आकर्षण बनेको छ।