नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउने उद्देश्यले एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष ब्रान्ड एक्टिभेसन सुरु गरेको छ। कम्पनीले कीर्तिपुरस्थित टीयु अन्तर्राष्ट्रिय क्रिकेट मैदान बाहिर आफूले प्रायोजन गरेका ७ टोलीका लागि समर्पित ७ वटा गेट निर्माण गरेको छ।
एनपीएलका प्रतिस्पर्धात्मक खेलहरू हुने मुख्य स्थलबाहिरै समर्थकहरूलाई आफ्नो प्रिय टोलीको उत्साहसँग जोड्न यी गेटहरू तयार पारिएका हुन्। प्रत्येक गेटमा सम्बन्धित टोलीको पहिचान, आधिकारिक रङ र एक्सट्रीमको ब्रान्डिङलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। एनपीएल सुरु हुनुअघि नै यसस्तरको विशाल ब्रान्ड एक्टिभेसन गर्ने आफू पहिलो ब्रान्ड बनेको कम्पनीले जनाएको छ।
यस सिजनमा सहभागी ८ टोलीमध्ये एक्सट्रीमले ७ टोलीसँग प्रायोजन साझेदारी गरेको छ। एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई प्रायोजन गरेको छ।
मैदान बाहिरका गेटहरूसँगै एक्सट्रीमले पोल ब्यानर, होर्डिङ बोर्ड, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको प्रचार-प्रसारलाई थप व्यापक बनाउँदै लगेको छ। आगामी कार्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएल सिजन ३ ले देशभरका क्रिकेट प्रशंसकहरूमाझ उत्साह अझ बढाउने अपेक्षा गरिएको छ।