यस वर्षको विराट एक्स्पोमा एक्सट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजकको रूपमा सहभागी भएको छ। परम्परागत प्रदर्शनीको दायराभन्दा अझ फराकिलो बनाउँदै एक्स्पोलाई लर्न एन्ड अर्न, बिल्ड, कनेक्ट, इन्फ्लुएन्स, व्यापार विस्तार तथा नेटवर्किङ जस्ता विविध अवसरहरूसँग जोडिएको छ। यस अभियानमार्फत उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोचलाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको छ।

एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति-निर्माता लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। आयोजकका अनुसार यस आयोजनामा २ लाख ५० हजारभन्दा बढी आगन्तुकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

यस सहकार्यले एक्सट्रिम इनर्जी ड्रिंकलाई आफ्नो मूल भावनाका रूपमा रहेको ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने साहसलाई उद्यमशीलतासँग जोड्ने अवसर प्रदान गरेको छ। यसले नेपाली व्यावसायिक समुदाय, युवा पुस्ता र उदीयमान उद्यमीहरूसँग प्रत्यक्ष रूपमा जोडिन सहयोग पुर्याउनेछ।

नयाँ विचारलाई ऊर्जा दिने, उद्यमीको यात्रालाई हौसला दिने र सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने प्रतिबद्धताका रूपमा यस सहकार्यलाई अघि बढाइएको छ।