राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेसँगै विद्यार्थीहरूको प्रतिक्षा अन्त्य भएको छ। बोर्डको निर्णयअनुसार परीक्षा २०८३ वैशाख १४ गतेदेखि सुरु हुने भएको छ, जसले नियमित र आंशिक परीक्षार्थीलाई स्पष्ट मार्गनिर्देशन दिएको छ।

ADVERTISEMENT Xtreme - Inside

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ। वैशाख १४ गते सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म जारी रहनेछ। साधारण, परम्परागत तथा प्राविधिक धारका अनिवार्य र ऐच्छिक विषयहरू तोकिएको मिति र समयमा सञ्चालन गरिने जनाइएको छ।

समयतालिका अनुसार पहिलो दिन नियमिततर्फ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ। वैशाख १५ गते अनिवार्य नेपाली सञ्चालन हुनेछ भने १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) तथा प्राविधिक धारअन्तर्गत सामाजिक अध्ययनको परीक्षा तोकिएको छ।

बोर्डले सम्पूर्ण संकायअन्तर्गतका विषयहरू प्रकाशित तालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ। समयतालिका सार्वजनिक भएसँगै विद्यार्थीहरू अन्तिम तयारीमा जुट्ने अपेक्षा गरिएको छ।