काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा हनुमानढोका दरबार क्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रमले इन्द्रजात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएको छ।

नेपाली मौलिक कला, संस्कृति, परम्परा र समुदायसँगको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा इन्द्रजात्राको ऐतिहासिक एवं सांस्कृतिक महत्त्वलाई उजागर गरिएको थियो। यसका साथै युवापुस्तालाई आफ्नो मौलिक संस्कृति तथा परम्परासँग जोडिन प्रेरित गर्ने प्रयास गरिएको छ।
इन्द्रजात्राको जीवन्त वातावरण, सांस्कृतिक विविधता र ऐतिहासिक गरिमालाई थप ऊर्जा प्रदान गर्न विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिएका थिए। स्थानीय संस्कृति र परम्पराको संरक्षणलाई ध्यानमा राख्दै एक्स्ट्रिम इनर्जी ड्रिंकले स्थानीय जात्रा तथा पर्वहरूमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई सांस्कृतिक संरक्षणसँग जोड्दै जाने जनाएको छ।