भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा नेपालका जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रकाशित सन्देशमा मोदीले निर्वाचन सम्पन्न हुनु नेपालको लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
I warmly congratulate the people and Government of Nepal on the successful and peaceful conduct of elections. It is heartening to see my Nepali sisters and brothers exercise their democratic rights so vibrantly.
— Narendra Modi (@narendramodi) March 7, 2026
This historic milestone is a proud moment in Nepal’s democratic…
मोदीले आफ्ना नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले लोकतान्त्रिक अधिकार जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा आफू अत्यन्तै खुशी भएको उल्लेख गरेका छन्। उनले यसलाई नेपालको लोकतान्त्रिक यात्रामा गर्व गर्न लायक ऐतिहासिक क्षण भएको बताएका छन्।
सन्देशमा उनले घनिष्ठ मित्र र छिमेकीका रूपमा भारत नेपालका जनता तथा नयाँ सरकारसँग मिलेर साझा शान्ति, प्रगति र समृद्धिका लागि काम गर्न प्रतिबद्ध रहेको पनि बताएका छन्।
उनको सन्देशले निर्वाचन सम्पन्न भएपछि नेपालसँग सहकार्य जारी राख्ने भारतको प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ।