काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगी र सोही दलका संस्थापक महामन्त्री डा. मुकुल ढकाल आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिन लागेको अपुष्ट चर्चा अहिले सामाजिक सञ्जालमा व्यापक बनेको छ । विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा उनीहरूको विवाहको मिति तय भइसकेको दाबीसहितका पोस्टहरू तीव्र रूपमा सेयर भइरहेका छन् ।

यद्यपि, सामाजिक सञ्जालमा भइरहेको यस चर्चाबारे डाँगी र ढकाल दुवैले हालसम्म सार्वजनिक रूपमा कुनै आधिकारिक धारणा वा प्रतिक्रिया दिएका छैनन् ।

डाँगी हाल रास्वपाकी सहमहामन्त्री तथा सांसदका रूपमा कार्यरत छिन् । यता, संस्थापक महामन्त्री ढकाल भने पार्टी र पदबाट हटाइएपछि हाल रास्वपामा औपचारिक रूपमा आबद्ध छैनन् ।