सामसुङ इलेक्ट्रोनिक्सले आगामी ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा एआई केन्द्रित नयाँ ग्यालेक्सी एस सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार यो नयाँ सिरिज दैनिक मोबाइल प्रयोगलाई सरल, छिटो र कम झन्झटिलो बनाउने उद्देश्यले विकसित गरिएको हो।

आमन्त्रण सूचनामा जनाइएअनुसार नयाँ ग्यालेक्सी एस उपकरणहरूमा एआई सुविधा प्रयोगकर्ताको व्यक्तिगत आवश्यकता अनुसार अनुकूल हुने गरी समाहित गरिएको छ। फोन हातमा लिएदेखि नै एआई सहयोग स्वाभाविक रूपमा काम गर्ने अनुभव दिने दाबी कम्पनीको छ।

कार्यक्रम फेब्रुअरी २५ मा सान फ्रान्सिस्कोमा आयोजना हुनेछ। प्रत्यक्ष प्रसारण सामसुङको आधिकारिक वेबसाइट, न्यूज रुम र युट्युब च्यानलमार्फत 10 a.m. PT / 1 p.m. EST बाट हेर्न सकिने बताइएको छ।

ADVERTISEMENT Xtreme - Inside

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार अग्रिम रिजर्भेसन र प्रि-अर्डरसँग सम्बन्धित विभिन्न प्रोत्साहन योजना पनि राखिएको छ। योग्य उपकरण प्रि-अर्डर गर्ने ग्राहकले ३० डलर क्रेडिट प्राप्त गर्न सक्ने र ५ हजार डलरको गिफ्ट कार्ड स्वीपस्टेक्समा सहभागी हुने अवसर रहने उल्लेख छ, जहाँ कानुनी रूपमा अनुमति छ।

त्यस्तै, योग्य डिभाइस साटासाट (ट्रेड–इन) गर्दा बढीमा ९०० डलरसम्म छुट सुविधा उपलब्ध हुन सक्नेछ। ट्रेड–इन नगरी प्रि-अर्डर गर्ने ग्राहकका लागि १५० डलर क्रेडिट योजना पनि निश्चित अवधिसम्म लागू हुने कम्पनीले जनाएको छ। सामसुङले कार्यक्रमअघिका दिनमा थप जानकारी, टिजर र फिचर अपडेटहरू सार्वजनिक गर्ने संकेत गरेको छ।