काठमाडौं । झापा क्षेत्र नम्बर ५ को चुनावी भिडन्तमा हरेक पल नयाँ र सनसनीपूर्ण ट्विस्ट आइरहेको छ! केही बेरअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहको हेलिकप्टरलाई बीच आकाशबाटै काठमाडौं फर्काइएको खबरले तातेको राजनीतिक माहोलमा अब अर्को 'बम' पड्किएको छ। बालेनलाई रोकेलगत्तै उनका मुख्य प्रतिद्वन्द्वी तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने झापा पुग्ने पक्का भएको छ!
बालेन ग्राउन्डेड, ओलीको उडान !
काठमाडौंमा बालेनको हेलिकप्टर रोकिएर उनी निराश हुँदै गर्दा, यता पूर्व प्रधानमन्त्री केपी ओली भने आफ्नो 'मास्टरस्ट्रोक' खेल्दैछन्। प्राप्त पछिल्लो र एक्सक्लुसिभ जानकारीअनुसार, भक्तपुर-२ को मतदान केन्द्रमा आफ्नो भोट खसालेलगत्तै ओली सिधै एयरपोर्ट निस्कने तयारीमा छन्। उनी यति एअरलाइन्सको नियमित उडानमार्फत भद्रपुर (झापा) उड्ने पक्कापक्की भएको छ!
प्रश्न उठ्यो: बालेनलाई रोक, ओलीलाई किन छुट?
एकातिर हेलिकप्टर चढेर जान लागेका बालेनलाई 'मतदाता प्रभावित पार्न खोजेको' भन्दै एमालेकै मुख्यमन्त्रीको उजुरीमा आयोगले रोक लगायो। तर अर्कोतिर, सोही निर्वाचन क्षेत्रका अर्का 'हेभीवेट' उम्मेदवार केपी ओली भने मतदानकै दिन भद्रपुर उड्दैछन्। यद्यपि ओली नियमित व्यावसायिक उडान (Commercial Flight) बाट जान लागेका हुन्, तर आम मतदाता र समर्थकहरुबीच भने यसले ठूलो तरंग ल्याइदिएको छ।
झापा-५ को पारो उच्च !
अब सबैको नजर झापा-५ मा अडिएको छ। बालेनको 'हेलिकप्टर स्टन्ट' फ्लप भएपछि अब केपी ओलीको यो 'इन्ट्री' ले त्यहाँको माहोल कस्तो बनाउला? चुनावको दिन उम्मेदवारहरूको यो दौडधुपले झापा-५ को चुनावलाई इतिहासकै सबैभन्दा रोमान्चक र हेर्न लायक भिडन्त बनाइदिएको छ। हारजित जसको भए पनि, आजको यो 'आकाशको लडाइँ' ले भने देशैभरि तहल्का मच्चाएको छ!