पर्साको वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित एक क्यासिनोमा अनधिकृत रूपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८३ मंसिर १० गते राति करिब ११:५० बजेको समयमा फर्च्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जुवा खेल्ने कार्यमा संलग्न पक्राउ व्यक्तिहरू
-
विजय अग्रवाल (६२), वीरगञ्ज महानगरपालिका, पर्सा
-
सन्तोष कुमार यादव (३०), वीरगञ्ज महानगरपालिका, पर्सा
-
अनुराग कुमार (२४), वीरगञ्ज महानगरपालिका, पर्सा
-
दिनेश साह (२६), पर्सागढी गाउँपालिका, पर्सा
-
दिपक साह (४८), वीरगञ्ज महानगरपालिका, पर्सा
-
नरेश प्रसाद (४०), कलैया उपमहानगरपालिका, बारा
-
गुञ्जमान मोक्तान (४७), महाभारत गाउँपालिका, काभ्रे
-
विनोद कुमार लो (२७), मरिन गाउँपालिका, सिन्धुली
-
राजेश श्रेष्ठ (४०), शंखरापुर नगरपालिका, काठमाडौं
नेपालीलाई प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न व्यक्तिहरू
-
तिलक प्रसाद भट्ट (५४), दोगडाकेदार गाउँपालिका, बैतडी
-
प्रभु साह तुरहा (३७), वीरगञ्ज महानगरपालिका, पर्सा
-
दिपक राज पराजुली (४६), धनगढीमाई नगरपालिका, सिरहा
नियन्त्रणमा लिइएका सबै जनालाई प्रहरी कार्यालयमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।