वीरगन्जमा आयोजित एक विचार गोष्ठीमा हिन्दू राष्ट्रको पुनःस्थापना र संविधान संशोधनको विषयमा बहस गरिएको छ।

राष्ट्रिय एकता दलले आयोजना गरेको उक्त कार्यक्रम पर्सा जिल्ला अध्यक्ष विकाऊ भण्डारी थारूको अध्यक्षतामा सम्पन्न भएको हो भने केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथि रहनुभएको थियो।

वक्ताहरूले वर्तमान संविधानले देशको पहिचान र बहुसंख्यक जनताको भावनालाई समेट्न नसकेको भन्दै संविधान संशोधन गरी नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा अकलेश कुशवाहा, रामनाथ यादव, अवधेश साह, मनोज सिंह, देव बाबु प्रसाद कुर्मी, कृष्ण मोहन सहनी र रविन्द्र यादव लगायत नेताहरूले सांस्कृतिक पहिचान र दिगो शान्तिका लागि हिन्दू राष्ट्र आवश्यक रहेको बताएका थिए।

युवा नेता विवेक कुशवाहाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लाका बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।