नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।

डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुने यस प्रतियोगिताको शीर्ष चार टोली सन् २०२७ मा हुने विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुनेछन्।

१५ सदस्यीय नेपाली टोली

घोषित टोलीमा कप्तान लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन्।

नेपालको खेल तालिका

नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि नेपालले डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।