बडादशैंको पूर्वसन्ध्यामा उपभोक्तालाई चाडपर्वको किनमेलमा राहत दिने उद्देश्यले नेपालको प्रमुख अनलाइन बजार दराज नेपालले '१०.१० दशैं धमाका' उत्सव घोषणा गरेको छ। अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ सम्म सञ्चालन हुने यस अभियानमार्फत सर्वसाधारणले उपभोग्य सामग्री, लत्ताकपडा तथा घरायसी सामानमा भारी छुट र उपहार प्राप्त गर्न सक्नेछन्।
चाडबाडको समयमा घर सजावट, नयाँ लुगाकपडा खरिद तथा आफन्तलाई दिइने उपहारको खर्च कम गराउन दराजले ६५ लाख रुपैयाँ बराबरको भाउचर, ७५ प्रतिशतसम्मको छुट र नि:शुल्क डेलिभरीको व्यवस्था मिलाएको छ। अभियान अन्तर्गत विभिन्न ब्रान्डहरूलाई विभिन्न श्रेणीमा विभाजन गरी छुट प्रदान गरिएको छ। प्ल्याटिनम साझेदारहरू होनासा, मिनिमलिस्ट, ग्रिन लाइफ एक्सपिरियन्स, एङ्कर, रोह्टो र अवीबीका सामानमा ६७ प्रतिशतसम्म छुट उपलब्ध छ। त्यसैगरी गोल्ड पार्टनर अन्तर्गतका ब्रान्डहाउस, पी एण्ड जी, पिक एण्ड एर्के, अर्क्स फूड र वेदन्तले ७० प्रतिशत तथा सिल्भर पार्टनर फ्यानटेक, त्रिकाया, एसपीएन’एस र माटो नेपालले ६५ प्रतिशतसम्म छुट दिनेछन्।
उपभोक्तालाई चरणबद्ध रूपमा अफरहरू उपलब्ध गराउन दराजले समयसीमा तोकेर विशेष सपिङ मोमेन्ट्स सञ्चालन गर्ने भएको छ। अभियानको पहिलो दिन अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर २ को बिहान २ बजेसम्म ब्रान्ड रश आवर हुनेछ। अक्टोबर २ र अक्टोबर ११ को राति ८ देखि १० बजेसम्म क्रेजी प्राइस ड्रप मार्फत सीमित सामानमा विशेष मूल्य घटाइनेछ। यसैगरी हरेक दिन राति ८ बजेदेखि मध्यरातसम्म सञ्चालन हुने विधागत सेल अन्तर्गत फेसन शनिबार (अक्टोबर ३), न्यु ब्रान्ड्स आइतबार (अक्टोबर ४), दराज च्वाइस सोमबार (अक्टोबर ५), इलेक्ट्रोनिक्स मंगलबार (अक्टोबर ६), लाइफस्टाइल बुधबार (अक्टोबर ७) र एफएमसीजी बिहिबार (अक्टोबर ८) तय गरिएको छ। छानिएका विक्रेताबाट ३,००० रुपैयाँसम्मको दशैं दक्षिणा भाउचर समेत दाबी गर्न सकिनेछ।
अनलाइन भुक्तानी प्रोत्साहन गर्न ५ वटा वाणिज्य तथा विकास बैंकहरूसँग डिजिटल सहकार्य गरिएको छ। हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम १,५०० रुपैयाँ) र डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम १,००० रुपैयाँ) सम्म तत्काल छुट पाउनेछन्। साथै, ईसेवा र खल्ती वालेटमार्फत भुक्तानी गर्दा १,००० रुपैयाँसम्मको अतिरिक्त छुट पाइनेछ।
किनमेलसँगै ठूला पुरस्कार जित्ने अवसर समेत अभियानमा समेटिएको छ। न्यूनतम २,००० रुपैयाँको खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशाली विजेताले सुजुकी एक्सेस एफआइ १२५ सिसि स्पेसल एडिसन बिएस ६ स्कुटर प्राप्त गर्नेछन्। यसबाहेक टेलीटक (बोट), सेटाफिल, सफारी ब्याग्स जस्ता ब्रान्डका दैनिक गिभअवे, ग्लेन नेपालको तर्फबाट थाइल्यान्ड भ्रमण, सिल्भर सिक्सको ३१ हजार मूल्यको कम्बो गिफ्ट, मामाअर्थको ६५ हजार मूल्यको थ्री-इन-वन स्टाइलर र रोह्टोको तर्फबाट १ लाख ५ हजार रुपैयाँ बराबरको सामसुङ वासिङ मेसिन जित्ने मौका रहेको छ।
देशभरका उपभोक्तालाई आफ्नै घर दैलोबाट सहज र किफायती रूपमा दशैंको तयारी गर्न सघाउने अपेक्षाका साथ दराजले यो विशेष छुट मेला प्रस्तुत गरेको हो।