सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१२ मा मुसहर दलित समुदायका लागि आवास निर्माण गर्न विनियोजित बजेटको विषयलाई लिएर विवाद सार्वजनिक भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाका सभापति हरि मैनालीमाथि स्थानीय दलित समुदायका प्रतिनिधिमाथि गालीगलौज, कुटपिट तथा दबाब दिएर चेकमा जबरजस्ती औँठाछाप लगाउन बाध्य पारेको आरोप लागेको छ।

 
ADVERTISEMENT Nepal Aaja Register

मुसहर दलित आवास निर्माण कार्यक्रमअन्तर्गत पहिलो चरणमा ५० लाख रुपैयाँ बजेट प्राप्त भएको बताइएको छ। उक्त कार्यक्रम कार्यान्वयनका लागि गठित समितिको अध्यक्ष राजकुमार सदाय रहेका छन्।

अध्यक्ष सदायका अनुसार, बजेट तथा रकमको विषयलाई लिएर विवाद हुँदा मैनालीले आफूहरूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज र कुटपिटसमेत गरेका थिए। साथै, दबाब र धम्कीका बीच चेकमा जबरजस्ती औँठाछाप लगाउन बाध्य पारिएको आरोप सार्वजनिक भएको छ।

उक्त घटनाबारे लामो समयसम्म बाहिर चर्चा नभए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट तथा कार्यक्रमसम्बन्धी विषयमा खोजतलास गर्न थालेपछि घटना बाहिर आएको बताइएको छ।

दलित तथा सीमान्तकृत समुदायको आवास निर्माणका लागि छुट्याइएको बजेटको प्रयोग, समितिको भूमिका, चेकमा लगाइएको भनिएको औँठाछाप र रकम निकासा तथा खर्चको विवरणबारे निष्पक्ष छानबिन आवश्यक देखिएको छ।