नेपालीहरुको ठूला चाडपर्वहरु बडा दशैं, तिहार तथा छठको अवसरमा नयाँ दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकहरुले अब व्यक्तिगत लाभका साथसाथै सामाजिक सहयोगमा पनि प्रत्यक्ष योगदान पुर्याउन पाउने भएका छन्। स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. (पद्म ज्योति ग्रुप) ले आफ्ना ग्राहकका लागि 'यो दशैं, आशाको सुरुवात' नामक विशेष दसैँ योजना सार्वजनिक गरेको छ।
यस पटकको योजनाको मुख्य आकर्षण 'होण्डा छ साथ साथ' अफर रहेको छ, जसले ग्राहकको खुसीलाई परोपकारी कार्यसँग जोडेको छ। यो अफरअन्तर्गत हरेक हप्ता नेपालका सातै प्रदेशबाट १/१ जना गरी कुल सात जना भाग्यशाली विजेता छनोट गरिनेछ। विजेताले रू १ लाखसम्मको पुरस्कार प्राप्त गर्नेछन् भने विजेताले पाएको रकम बराबरकै थप रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्नेछ। यसले गर्दा चाडपर्वको किनमेल राष्ट्रिय विपत्तिमा मद्दत पुर्याउने माध्यम बन्नेछ।
नयाँ होण्डा बाइक वा स्कुटर खरिद गर्दा ग्राहकले स्क्र्याच कुपनमार्फत तुरुन्तै रू १ लाखसम्म नगद जित्न सक्नेछन्। यसका अतिरिक्त, ग्राहकहरुको फरक-फरक आवश्यकतालाई सम्बोधन गर्न कम्पनीले तीनवटा विकल्पसहितको थप सुविधा ल्याएको छ। खरिदकर्ताले १० हजार रुपैयाँसम्मको थप स्क्र्याच कुपन, ७ वर्षसम्मको निःशुल्क सर्भिसिङ, वा ५ वर्षको मर्मत सम्झौता (AMC) मध्ये कुनै एक रोज्न सक्नेछन्।
सवारी खरिदलाई आर्थिक रुपमा सहज बनाउन स्याकार हायर पर्चेज प्रा. लि. मार्फत सुलभ फाइनान्सको व्यवस्था मिलाइएको छ। चाडपर्वको उमंगसँगै देशप्रतिको सामाजिक उत्तरदायित्व बहन गर्ने यो कदमले ग्राहकहरुमा सकारात्मक उर्जा थप्ने विश्वास गरिएको छ।
यस योजनासम्बन्धी सम्पूर्ण जानकारी, नियम तथा सर्तहरुका लागि ग्राहकले नजिकैको शोरुम, आधिकारिक वेबसाइट वा टोल फ्री नम्बरहरु १६६ ०० १ ४६६३२ र ९८०१५७११११ मा सम्पर्क गर्न सक्नेछन्।