भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई उनीहरूको चुनावी जितका लागि बधाई दिनुभएको छ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै दुवै नेतासँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भएको उल्लेख गर्नुभएको छ। उक्त संवादका क्रममा उनले दुवै नेताको व्यक्तिगत जितका साथै नेपालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले हासिल गरेको सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको हो।
Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP.
— Narendra Modi (@narendramodi) March 9, 2026
Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my…
यस संवादलाई नेपालको पछिल्लो निर्वाचन परिणामपछि उदीयमान नेतृत्वसँग भएको महत्वपूर्ण कूटनीतिक सम्पर्कका रूपमा पनि हेरिएको छ।
प्रधानमन्त्री मोदीले नेपालमा नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारतले नेपालसँग पारस्परिक समृद्धि, प्रगति र जनकल्याणका लागि मिलेर काम गर्ने प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ।
भारत र नेपालबीचको सहकार्य निरन्तर विस्तार हुँदै जाने विश्वास व्यक्त गर्दै उनले आगामी वर्षहरूमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने अपेक्षा व्यक्त गर्नुभएको छ।