काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन्। दशैंको उत्साह र युवाको उमङ्गलाई लक्षित गरी सुरु गरिएको यस अभियानमा विजेताहरू सार्वजनिक हुने क्रम जारी छ।

विभिन्न सहरका भाग्यशाली विजेताहरू

अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्।

पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेताहरूमा जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। त्यसैगरी धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका भाग्यशाली विजेता बनेका छन्।

ADVERTISEMENT Max Tiger INLINE

कुल पुरस्कार विवरण

यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन्। यसबाहेक एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिनेछ।

अभियानमा राखिएका कुल ३७ वटा सवारीसाधन (३६ मोटरसाइकल तथा स्कुटर र १ कार) मध्ये हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन्। अब बाँकी २८ वटा सवारीसाधनका भाग्यशाली विजेता छनोट हुन बाँकी रहेको छ।