नेपाली ह्विस्की पारखीहरूको चेतना र रोजाइमा आएको व्यापक परिवर्तनलाई सम्बोधन गर्दै सागर डिस्टिलरीले आफ्नो स्थापित ब्रान्ड 'नेप्से बुल्स' लाई नयाँ स्वरुपमा बजारमा ल्याएको छ। अन्तर्राष्ट्रिय स्तरको 'रेयर मल्ट' (दुर्लभ मल्ट) को दर्शनमा आधारित भएर कम्पनीले यो उत्पादन पुनः सार्वजनिक गरेको हो।
अध्ययनशील र विश्व भ्रमण गरेका आधुनिक नेपाली उपभोक्ताहरूले केवल महँगो मूल्यभन्दा पनि उत्पादनको मौलिकता, इतिहास र गुणस्तरलाई प्राथमिकता दिन थालेका छन्। यही उपभोक्ता परिपक्वतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ ब्रान्ड सिर्जना गर्नुको सट्टा बजारमा पहिल्यै स्थापित र विश्वासिलो ब्रान्डलाई नै थप परिष्कृत गर्ने निर्णय गरेको हो।
पुनः उत्पादित नेप्से बुल्सको मुख्य आकर्षण यसमा प्रयोग गरिएको १० वर्ष पुरानो 'रेयर मल्ट' हो। स्कटल्यान्डका प्रसिद्ध हाइल्यान्ड र स्पेसाइड क्षेत्रका मल्ट ह्विस्कीहरूको सम्मिश्रणबाट तयार पारिएको यस मल्टमा हाल अस्तित्वमा नरहेको एक ऐतिहासिक डिस्टिलरीको ह्विस्कीसमेत समावेश छ। विश्वभर केही हजार लिटर मात्र बाँकी रहेको यो दुर्लभ मल्टको सीमित अंश प्रयोग गरी नेप्से बुल्स तयार पारिएको छ।
उत्पादनको प्रामाणिक पृष्ठभूमि, परिपक्व स्वाद र सीमित उपलब्धताका आधारमा परिभाषित हुने 'रेयर मल्ट' परम्परालाई नेप्से बुल्सले नेपाली बजारमा पहिलोपटक भित्र्याएको दाबी गरिएको छ।
यस कदमले नेपाली पेय पदार्थ उद्योगलाई सामान्य मूल्य केन्द्रित प्रतिस्पर्धाबाट माथि उठाएर कथा, गुणस्तर र अनुभवमा आधारित नयाँ उचाइतर्फ लैजाने अपेक्षा गरिएको छ।