काठमाडौं । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले उपभोक्ताका लागि सुनको क्यान उपहार दिने विशेष ‘विन्टर अफर’ योजना सार्वजनिक गरेको छ ।
क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंकको यस योजनाअन्तर्गत छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन् ।
सहभागिताको प्रक्रिया
योजनामा सहभागी हुन कम्पनीले डिजिटल प्रविधिको प्रयोग गरेको छ । उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ ।
स्क्यान गरेपछि मागिएको विवरण दर्ता गरेसँगै उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन् । कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत लक्की ड्र आयोजना गरी विजेता घोषणा गरिनेछ ।
पाँच फरक स्वादमा उत्पादन बजारमा उपलब्ध गराएको अवसरमा उपभोक्ताको निरन्तर माया र विश्वासप्रति आभार व्यक्त गर्दै सम्बन्ध थप मजबुत बनाउन यो अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।