नेपालमा गत वर्ष भएको राजनीतिक अशान्तिका बेला कारागारबाट फरार भएका एक भारतीय लागूऔषध तस्करलाई भारतको गुजरातमा पक्राउ गरिएको छ। अहमदाबाद विशेष अपरेसन समूह (एसओजी) अपराध शाखाले धर्मेश रसिकलाल चुनारालाई नियन्त्रणमा लिएको हो।
चुनारा सन् २०२५ सेप्टेम्बरमा नेपालमा भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंस्थित भद्रगोल जेलमा भएको तोडफोडपछि फरार भएका थिए। आन्दोलन हिंसात्मक बनेपछि जेलमा क्षति पुगेको थियो र सोही अवसरमा उनीसहित केही कैदी भाग्न सफल भएका थिए।
यस प्रकरणको सुरुआत सन् २०२४ जुलाईमा भएको थियो। बैंककबाट काठमाडौं आइपुगेका चुनारालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १३ किलो उच्चस्तरीय हाइब्रिड गाँजासहित पक्राउ गरिएको थियो। करिब १३ करोड रुपैयाँ बराबरको उक्त लागूऔषध बरामद भएपछि उनलाई भद्रगोल जेलमा थुनिएको थियो।
फरारपछि नेपाल सरकारले फरार भारतीय अभियुक्तहरूको विवरण भारतका सुरक्षा निकायलाई पठाएको थियो। त्यसपछि विभिन्न राज्यका प्रहरी संयन्त्र सक्रिय बनेका थिए। पूरा ठेगाना विवरण नहुँदा अनुसन्धानमा कठिनाइ आए पनि प्राविधिक निगरानी र सूचनाका आधारमा उनको लोकेसन पहिचान गरिएको अधिकारीहरू बताउँछन्।
अन्ततः अहमदाबादमा उनलाई पक्राउ गरिएको हो। प्रारम्भिक बयानमा चुनाराले जेलभित्रको अराजकताको फाइदा उठाउँदै भागेको र सोनौली नाकाबाट भारत प्रवेश गरेको स्वीकार गरेका छन्।
अहिले अहमदाबाद एसओजीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने नेपालसँग थप समन्वय हुने अपेक्षा गरिएको छ।
यस विज्ञापनमा इच्छुक हुनुहुन्छ?
के तपाईं लिंकमा जारी राख्न चाहनुहुन्छ वा थप विवरणको लागि आफ्नो जानकारी प्रदान गर्न चाहनुहुन्छ?
कृपया तपाईंको विवरण दिनुहोस्
अगाडि बढ्न विवरण भर्नुहोस्
प्रतिक्रिया
0 टिप्पणीsकृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।