नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा PMGO साउथ एसिया फाइनल्स २०२६ काठमाडौँमा आयोजना हुने भएको छ। भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौँस्थित दशरथ रङ्गशालाको कभर्ड हलमा यो प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रीम इनर्जी ड्रिंक रहेको छ। यस सहकार्यले नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप प्रोत्साहन र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता अवधिभर दर्शक तथा सहभागीका लागि एक्स्ट्रीम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन सञ्चालन गरिनेछ। उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर र तत्काल उपहार वितरण जस्ता कार्यक्रम आयोजना हुनेछन्।
यसैगरी दर्शकको अनुभवलाई अझ रोमाञ्चक बनाउन एक्स्ट्रीम फन एण्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रीम गेमिङ च्यालेञ्ज, तथा एक्स्ट्रीम फोटो र कन्टेन्ट जोन सञ्चालनमा ल्याइनेछ।
गेमिङ प्रतियोगितासँगै मनोरञ्जन र सहभागिताको नयाँ अवसर सिर्जना गर्दै यस कार्यक्रमले देशमा ई–स्पोर्ट्स संस्कृतिलाई थप प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।
