नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ। काठमाडौंमा बिहीबार सम्पन्न एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेसँगै इमर्जिङ टिम्स एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो।

प्रिमियर कपको नियमानुसार फाइनल पुग्ने दुवै टोलीका साथै तेस्रो स्थान हासिल गर्ने टोली पनि इमर्जिङ एसिया कपका लागि छनोट हुने प्रावधान रहेको छ। यद्यपि, मुख्य एसिया कपमा भने छनोट हुनका लागि प्रतियोगिताको फाइनल उपाधि नै जित्नुपर्ने हुन्छ।

अब उपाधिका लागि नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच प्रतिस्पर्धा हुनेछ। उक्त फाइनल खेल आगामी शनिबार सञ्चालन हुने तय भएको छ।