नेदरल्यान्ड्स महिला क्रिकेट टोलीले पहिलो पटक महिला टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको छ। नेपालमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरको सुपर सिक्स चरणमा अमेरिकामाथि जित निकाल्दै टोलीले ऐतिहासिक उपलब्धि हात पारेको हो।
त्रिवी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १२९ रन बनायो। १३० रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले १२ ओभरमा २ विकेटको क्षतिमा ९० रन बनाइसकेको अवस्थामा वर्षाले खेल रोकियो।
पछि नतिजा डकवर्थ–लुइस–स्ट्रेन (डीएलएस) विधिबाट तय हुँदा नेदरल्यान्ड्स २१ रनले विजयी ठहरियो र विश्वकपका लागि छनोट भयो।
समूह चरणबाट ४ अंकसहित सुपर सिक्समा पुगेको नेदरल्यान्ड्ससँगै बंगलादेश महिला टोलीले पनि विश्वकप २०२६ मा स्थान बनाएको छ। बंगलादेश समूह एबाट ४ अंकसहित सुपर सिक्समा पुगेको थियो र पहिलो खेल जित्दै छनोट सुनिश्चित गर्यो।
इङ्ल्यान्ड्स र वेल्समा संयुक्त रूपमा आयोजना हुने प्रतियोगितामा ग्लोबल क्वालिफायरबाट अब थप दुई टोली सहभागी हुनेछन्।
यस विज्ञापनमा इच्छुक हुनुहुन्छ?
के तपाईं लिंकमा जारी राख्न चाहनुहुन्छ वा थप विवरणको लागि आफ्नो जानकारी प्रदान गर्न चाहनुहुन्छ?
कृपया तपाईंको विवरण दिनुहोस्
अगाडि बढ्न विवरण भर्नुहोस्
प्रतिक्रिया
0 टिप्पणीsकृपया लगइन गर्नुहोस् तपाईंको प्रतिक्रिया दिन।